
भदौ १६ गते ।
इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले उल्भरह्याम्पटनलाई हराउँदै जित हात पारको छ । गतराति भएको खेलमा एभर्टनले उल्भरह्याम्पटनलाई ३–२ गोलले पछि पार्दै जित हात पारेको हो ।
खेल सुरु भएको ५ औँ मिनेटमा एर्भटनका रिचार्लसनले एक गोल गरेको थियो । त्यसपछि १२ औँ मिनट एलेक्स इओबीले अर्को गोल थपेको थियो भने ८० औँ मिनटमा सिचार्लसनले निर्णायक गोल गर्दै टिमलाई जित दिलाएको थियो ।
खेल सुरु भएको ९ औँ मिनटमा उल्भरह्याम्पटनका रोमेन सइसले एक गोल गरको थियो भने ७५ औं मिनेटमा गिमिनेजले अर्को गोल गरेको थियो ।
एभर्टनको जितसँगै तालिकामा ७ अंक बनाएको छ ।
