Saturday, April 18News That Matters

तिज विशेष कार्यक्रम पिपल चौकमा

उदयपुर, भदौ १६ गते ।

आज देशैभर मनाई रहेका तिज उदयपुरमा पनि विभिन्न कार्यक्रम गरी हिन्दु नारीहरुले भब्यताका साथ मनाउँने भएका छन् । विहानै स्नान गरी शिवको पुजा गरी ब्रत बसेका नारीहरुले पिपल चौकमा तिज विशेष सास्कृतिक कार्यक्रमको आयोजना गरेका हुन् ।

विहानैदेखि शिव मन्दिरहरुमा भिड लागेका छन् । विहान पुजा गरी ब्रत बसेका नारीहरुले दिउँसो विभिन्न  सास्कृतिक कार्यक्रम गरी भव्यताका साथ मनाउँने गरिन्छ  ।

नारीहरुको विषेश पर्वको रुपमा मनाउँदै आएको तिजमा यसपालि पिपल चोकमा भब्य सास्कृतिक कार्यक्रम गरी मनाउन लागेको मानव अधिकार कर्मी माया भण्डारीले बताईन् । वर्षेनी विभिन्न कार्यक्रम गरी मनाउदै आएको तिज यसपालि पनि भब्यताका साथ मनाउन लागेको उनले बताइन् ।

तीजको व्रत बसेर शिवको पूजा गरेमा विवाहित महिलाको श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ ।