Tuesday, June 9News That Matters

बानेश्वर कयाम्पस नजिक महिलाको शव फेला

पूर्णपुष्टि, असोज १४
काठमाण्डौँ स्थित बानेश्वर क्याम्पस नजिक महिलाको शव फेला परेको छ । बिहिबार बिहान क्याम्पस अगाडि वाग्मती खोलाको पुलमुनि एक महिलाको शव भेटिएको महानगरीय प्रहरी वृत्त वानेश्वरका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर लामाले जानकारी दिए ।
डीएसपी लामाले शव कतैबाट बगाएर ल्याएर अड्किएको जस्तो देखिएको बताए । विस्तृत विवरण भने पोष्टमार्टम पछि थाहा हुने उनले बताए । शवको सनाखत भएको छैन ।
बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै वृत्तको टोली घटनास्थल पुगेको थियो ।