
भदौ ५ गते ।
अत्याधिक परेको वर्षाले आएको पहिरोले बारपाकमा एक घर बगाएको छ भने ११ घर जोखिममा परेको छ । सुलिकोट गाउँपालिका –२ रुतुकमा वर्षपछि आएको पहिरोले बुधबार राती एक घर बगाएको हो ।
स्थानिय देव गुरुङको पसल घर बगाउदा करिब १४ लाख बराबरको क्षती भएको अनुमान गरेको छ । सडकको नाला बनाई नसक्दा नाला थुनिएर भल गाउँ पसेकाले पहिरो गएको स्थानियबासीहरुले बताएका छन् ।
गाउँमा भल पसेर पहिरो जान थालेपछि राती नै स्थानीयले गाउँ छाडेका थिए ।
