
झापा/भाद्र ५ गते ।
झापाको बिर्तामोडबाट एक जना लागु औषध सहित पक्राउ परेको छ । विर्तामोड नगरपालिका–५ बाट खैरो हिरोईन सहित रामकृष्ण कडरीया पक्राउ परेको हो ।
विशेष सुचानाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागु औषध नियन्त्रण व्यूरो काकडभिट्टाबाट खटेका संयुक्त प्रहरी टोलीले विर्तामोड नगरपालिका – ५ निबासी ३६ वर्षीय कडरियालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विहान साढे ९ बजे ५२ ग्राम खैरो हिरोईन र कडरीयाले प्रयोग गरेका बा १६ च १६९३ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पाक्राउ परेका कडरियालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
