Saturday, April 18News That Matters

करेन्ट लागेर एक जनाको मृत्यु

झापा/भदौ ५ गते ।
झापाको शिवसताक्षीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका – ८ दाहाल चोक निबासी ६१ वर्षीय हर्कबहादुर दर्जीको मृत्यु भएको हो ।

घरमा विद्युतको तार जोड्ने क्रममा एक्कासी करेन्ट लागेर घाईते भएका दर्जीको विर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।