Saturday, April 18News That Matters

यू–१९ एसिया कप खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा

भदौ ५ गते ।

रोहितकुमार पौडेलको कप्तानीमा यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

एसिया कपको छनोटमा बैकल्पिक खेलाडीमा परेका सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङ टिममा पुनरागमन भएका छन् । त्यस्तै ऋत गौतम, पवन शरार्फ, भीम सार्की र हरिबहादुर चुहान र कुशल मल्ल, रासिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहोरा, लोकेशबहादुर बम र प्रतिश जिसी पनि टोलीमा समावेश भएका छन् ।

पहिला नै परेका विशालविक्रम केसी र तिलकराज भण्डारी भने टोलीबाट बाहिरिएका छन् । नेपाली किशोर टोली शनिबार श्रीलंका प्रस्थान गर्नेछ ।

भदै १९ बाट सुरु हुने एसिया कपको समूह एमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् भने आयोजक श्रीलीका, नेपाल, बंगलादेश र यूएई समूह बीमा छ ।

नेपालले पहिलो खेल भदौ २० मा घरेलु टोलीसँग खेल्ने छ भने दोस्रो खेल भदौ २२ मा बंगलादेश र २४ गते  यूएईसँग खेल्ने तयारी भएको छ ।