Tuesday, April 21News That Matters

बार्सिलोनालाई हराउँदै रियल कोपा डेल रेको फाईनलमा प्रवस

पूर्णपुष्टि,चैत्र २३ । बार्सिलोनाको लाई बरिम बेन्जेमाको ह्याट्रिक गोलले पराजित गर्दै रियल मड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । बुधाबार सेमिफाइनल खेलको दोस्रो लेगमा रियलले बार्सिलोनालाई ४–० गोलले हराउँदै सान्दार जित निकालेको हो

यस अघि पहिलो लगेमा १–०ले पराजित भएको थियो तर दोस्रो लेगमा रियलले सानदार प्रदर्शन गर्दै जित निकालेको हो । रियलका लागि पहिलो हाफको इन्जुरी टाइममा भिनिसियस जुनियरले बेन्जेमाकै पासमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा बेन्जेमाले आठ मिनेटको अन्तरमा दुई गोल गर्दै रियलको अग्रता फराकिलो बनाए । खेलको अन्त्यतिर अर्को गोल गर्दै उनले आफ्नो ह्याट्रिक पूरा गरे ।

गत आइतबार उनले ला लिगामा रियल भालाडोलिडविरुद्ध ह्याट्रिक गरेका थिए । बेन्जेमकाको यो लगातार दोस्रो ह्याट्रिक हो । योसँगै रियलले बार्साविरुद्ध लगातार तीन एल क्लासिकोमा हारको शृङ्खलामा पनि बिराम लगाएको छ । अब मे ६ मा हुने फाइनलमा रियलले ओसासुनाको सामना गर्नेछ ।