Tuesday, April 21News That Matters

गाईघाट दिक्तेल सडकबाट घाँस ल्याउने सवारीहरुलाई धमाधम कार्वाही

पूर्णपुष्टि, चैत्र २३ । श्री नव उदय वन उपोभक्ता समुहले जारी गरेको सूचना उलंघन गर्ने सवारीलाई धमाधम कार्वाही थालिएको छ । वन उपभोक्ता समुदायले केहि दिन अघि मात्रै गाईघाट–दिक्तेल सडक खण्डबाट सवारी साधनमा घाँस ल्याउने कार्यको प्रतिवन्ध लगाउने सूचना प्रकाशित गरेका थिए । उक्त सूचना पश्चात पनि अटेरी गर्ने ट्याक्टर, वस मोटर सार्यकल लगायतलाई जरिवाना गराईदैँ आईएको छ । सवारीहरुलाई ५ सय रुपयाँ जरिवाना कटाईने नियम बनाईएको छ ।