Wednesday, June 17News That Matters

बालिकामाथि यौन दुर्व्यवहार गर्ने अनाथालयका प्रमुख पक्राउ

पूर्णपुष्टि, माघ १८ गते । महेन्द्रनगरमा बालिकामाथि यौन दुर्व्यवहार गरेको अरोपमा प्रहरीले एक जनालई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महाकाली बाल अनाथालयका प्रमुख ५० वर्षीय शंकर चन्द रहेका छन् ।

चन्दलाई मंगलबार पक्राउ गरेको एसपी श्यामसिंह चौधरीले बताए । उहाँका अनुसार पीडित र अन्य बालिकासँग सोधपुछ भईरहेको छ । स्रोतका अनुसार एक बालिकाको गर्भपतन गराइएपछि घटना बाहिर आएको हो । प्रहरीले अनाथालयमा रहेका ५ बालिकासँग मंगलबार नै कुराकानी गरेको छ । बोल्न नसक्ने, प्रतिकार गर्न नसक्ने र नाइँनास्ती गर्न नसक्नेमाथि चन्दले यौनजन्य गतिविधि गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।