
पूर्णपुष्टि, जेठ ३२ । भक्तपुरमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । एक १५ बर्षीयलाई जबरजस्ती गरेको आरोपमा चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ३८ वर्षीय कृष्णबहादुर तामाङ पक्राउ परेका छन् ।
तामाङलाई बिहीबार साँझ भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई बलात्कार कसूरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । तामाङले ती किशोरीलाई २०८० चैतदेखि पटक–पटक बलात्कार गरेको आरोप छ ।
पछिल्लो पटक १२ जेठमा तामाङले ती बालिकालाई बलात्कार गरेको आरोप छ । तामाङले बालिकालाई १२ जेठमा दिउँसो भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित न्यू भक्तपुर गेष्ट हाउसमा लगि ललाई फकाई, डर र धाक धम्की देखाई बलात्कार गरेको आरोपमा छ ।
