Saturday, May 2News That Matters

बाली छोडेर फलफुलमा लागेकी मधुकुमारीलाई सडकको अभाव

पूर्णपुष्टि, ५ साउन ।
त्रियुगा नगरपालिका वडा नं १५ की गहते साल्थुम्कीकी मधुकुमारी राईले बाली लगाउन छाडेको झण्डै ५ बर्ष हुन लाग्यो । राईले अन्नवाली उत्पादन हुने ठाउँमा फलफुल र बोटविरुवा लगाएकी छिन् । साहसी र मेहनती राईले बाँझो र नाँगो बारीमा फल फुल र बोटविरुवाले हरावरा बनाएकी छिन् ।

 सडकको दुर्दशा ।

बाँदर आतंक र काम गर्ने मान्छे नभएको झोकमा बाली छाडेर फलफुल तिर लागेकी राईलाई अहिले मुख्यगरी सडकको समस्या रहेको छ । बालीनाली लगाउन धेरै जन र कडा मेहनत चाहिने मधुकुमारी बताउँछीन् । तर फलफुलका लागि बाली जस्तो कडा मेहन गर्नु नपर्ने राईको बुझाई छ । एक छाक खान बाली नालीनै सबैथोक नरहेको उनि बताउँछीन ।

एक पटक कडा मेहनत गर्दा बर्षभरी खान नपुग्ने बालीले फलफुल उत्पादन गर्दा खानमा उत्ति असहज नहुने बताउँछनी । राईको परिवारले उत्पादित फलफुल बेचेरै खान लाउन जोहो गर्ने गरेको उनी बताउँछनीन । उनले सरकार तथा सम्बन्धित निकायहरु समक्ष सडक सहज गराउन अनुरोध पनि गरिन् ।

सडक नहुँदा आफ्नो फलफुले सहज भाउ नपाएको र ठुलो मात्रामा बजार पुराएर बेच्न समस्या रहेको उनले बताईन् । फुलफुल कृषक  राईको घर सदरमुकाम गाईघाट देखी लगभग १२ किलो मिटरको मात्रै दुरी पर्छ । सदरमुकाम सँग नजिक रहेपनि पनि सडक नजोडिँदा राई लगायत अन्य कृषकहरुलाई उत्पादन बेच्न समस्या परेको छ । यसरी मेहनत गर्ने कृषकहरुलाई सडक अभावले भने निकै हतोत्साहित बनाउने गरेको राईको गुणासो छ ।