Sunday, June 7News That Matters

बाल्टिनमा डुबेर एक नाबालकको मृत्यु

सुनसरी,माघ–१५ गते ।

सुनसरी हरिनगरामा बाल्टिनमा डुबेर एक नाबालकको मृत्यु भएको छ । हरिनगरा– १ निबासी नौसाद अन्सारीको छोरा  १ बर्षीय नाबालकको डुबेर मृत्यु भएको हो ।

आफ्नै घरमा खेल्ने क्रममा मंगलबार दिउँसो करिब ५ बजे पानी भरेर राखेको बाल्टिनमा डुबी रहेको अवस्थामा नाबालकलाई फेला पारी उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको भन्ने जानकारी गराएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ तत्काल प्रहरी टोली घटना स्थल पुगेको थियो । घटनाको थप अनुसान्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।