बिज्ञापन बोर्डका अध्यक्ष हुमागाई र उदयपुरका पत्रकारहरु बिच गाईघाटमा भेटघाट तथा छलफल

पूर्णपुष्टि, पुष ३
नेपाल सरकार बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई र उदयपुरका पत्रकारहरु बिच शनिवार गाईघाटमा भेटघाट तथा छलफल कार्यक्रम भएको छ । बिभिन्न जिल्लाहरुमा बोर्डले गरेको काम कार्वाही प्रति हुलाक कार्यालय तथा पत्रकारहरु सँग प्रतिक्रिया लिने क्रममा खोटाङ हुँदै उदयपुर आईपुगेका हुमागाईले जिल्ला हुलाक कार्यालयमा पत्रकारहरु बिच आफ्नो धारणा राख्दै भेटघाट तथा छलफल गरेको छ ।

हुमागाईले पछिल्लो समय बोर्ड स्थापना पश्चात बिज्ञापन सम्बन्धि निति नियमहरुको कामलाई व्यवस्थित गरेको जनाएको छ । बोर्ड आएपछि पत्रकारहरुलाई सहज भयो भएन सहजीकरणको लागि के गर्न सकिन्छ जस्तो प्रश्नहरु लिएर अध्यक्ष हुमागाई बिभिन्न जिल्लाहरुमा गुमिरहेको छ ।

हुमागाईले बोर्डले हाल सम्म बिज्ञापनको व्यवस्था, बिज्ञापन बजार बढाउने व्यवस्था, बिधुतिय माध्यमहरुको भुक्तानि सम्बन्धि प्रक्रिया सुरु, सरकारको बिज्ञापन एकद्ध्वार प्रणाली गर्ने जस्ता कामहरु गरिरहेको जनाए । उदयपुरका पत्रकार र हुलाकका कार्यालयले पनि आफ्नो समस्याहरु राखेको छ । जिल्लाको पत्रकारहरुले पनि स्थानीय स्थरमा हुने बिज्ञापनहरु बाहिर लैजाने व्यवस्थालाई बोर्डले रोक्न निति बनाउनु कुरा उठाएको छ ।

उनिहरुले हाल जिल्लामा स्थानीय सरकारहरुले उपलब्ध गराउने विज्ञापनहरु ठुलो कमिसनमा बिज्ञापन एजेन्सीले बाहिर पठाउनाले यहाँको स्थानीय मिडियाहरु आर्थिक स्रोतबाट बन्चित बनेको कुरा उठाएको छ । जिल्लामा सरकारी कर्मचारी कार्यालय र स्थानीय सरकारहरु सँग अत्यादिक बिज्ञापनहरु भएपनि जिल्ला बाहिर ठुलो मिडियाहरुमै पठाउने चलखेल भएको उनिहरुले सुनाए । उदयपुर सिमेन्ट उद्योगबाट करडौँको बिज्ञापन बाहिर सरकारी मिडियाहरु र ठुलो केन्द्रको मिडियाहरुले नै हडपिरहेको अवस्थामा जिल्लाको मिडियाहरुले गुनासो ब्यक्त गर्दै बोर्डलाई यसबारे पनि ध्यानाकर्ष गर्न अनुरोध गरेको छ । बोर्डले स्थानीय सरकारको सबै बिज्ञापनहरु स्थानीय मिडियाहरुलाई नै उपलब्ध गराउने निति तत्काल बनाउने जनाएको छ । बोर्डका अध्यक्ष हुमागाई सहित बोर्डका कार्यकारी अधिकृत लक्ष्मण लुईटेल लगायत कर्मचारीहरुको टिम उदयपुर आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0