
पूर्णपुष्टि, बैशाख २१
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कारबाही गरेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेलाले उल्टै विप्लवलाई कारबाही गर्दै महासचिवबाट निश्काशन गरेको छ ।
बुधबारदेखि चितवनमा बसेको ओली र बास्तोला पक्षको भेलाले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई हटाउने निर्णयमा पुगेको छ ।
भेलाले विप्लव र प्रकाण्डलाई हटाउने निर्णय गरेको सो पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए । उनका अनुसार पार्टीको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले विप्लवलाई महासचिवबाट हटाएर संयोजकमा बस्तोलालाई जिम्मेवारी दिइएको छ ।
उक्त भेलामा ४० भन्दा बढी केन्द्रीय सदस्य उपस्थित भएको दाबी गरिएको भेला बिहीबारसम्म चल्ने उनले बताए ।
नेपाल कम्युनिस्ट पार्टीको हेमन्त प्रकाश ओलि र धर्मेन्द्र बास्तोला पक्षले बिप्लबलाइ महासचिव बाट हटाउदै बास्तोलालाई सम्योजक बनाए सँगै यो पार्टीले पनि फुटको नियती भोग्ने निश्चितप्राय भएको छ ।
