Sunday, May 17News That Matters

बिराटनगरमा सरकारी गाडी भित्र बेहोस भेटिएका उदयपुरका राजु ढकाको मृत्यु

पूर्णपुष्टि जेष्ठ २५

सरकारी गाडीमा बेहोस अवस्थामा फेला परेको गाडी चालक उदयपुरका राजु ढकालको मृत्यु भएको छ । बेलका नगरपालिका ३ घर भएका ढकालको मंगलबार मृत्यु भएको हो ।

। जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सुनसरीको गाडी चलाउँदै आएका ढकाल गाडी भित्रै बेहोस अवस्थामा फेला परेको थियो । ढकाललाई प्रहरीले तत्काल उपचारको लागि नोबेल हस्पिटल पुराए पनि डाक्टरले मृत घोषणा गरेको थियो ।

३८ बर्षिय ढकाल विराटनगर महानगरपालिका–३ पुष्पलाल चोकमा डेरा बस्दै आएका थिए । डेराबाट गाडी लिएर उनी बिहान १० बजेतिर आफ्ना कार्यालयका प्रमुखलाई लिन विराटनगरस्थित प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयतर्फ जाँदै गरेको अवस्थामा बेहोस भेटिएको प्रहरीले जनाएको छ ।

उनि गाडी भित्र बेहोस अवस्थामा फेला परेको प्रहरीले बताएको छ । आफैले चलाउँदै आएको कार्यालयको प्रदेश १–०४–००१ झ ०००६ नम्बरको गाडीभित्रै उनलाई मंगलबार दिउँसो ३ बजेतिर बेहोस अवस्थामा फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार चालक सिट पल्टाएर सुतेजस्तो अवस्थामा बेहोस भेटिएका ढकाललाई तत्काल उद्धार गरेर उपचारका लागि लगिएको थियो ।

डिएसपी राईका अनुसार झ्याल र ढोकाका सबै सिसा बन्द गरिएको अवस्थामा गाडीभित्रै चालक विराटनगर महानगरपालिका–३ मा बेहोस भेटिएका थिए ।

उनका अनुसार बेहोस अवस्थामा भेटिएका बेला श्वास फेर्न निक्कै गाह्रो भइरहेजस्तो पाइएकाले मृतकमा कोरोना संक्रमण भए÷नभएको यकिन गर्न पीसीआर परीक्षणको तयारी गरिएको छ ।

अस्पतालले भने सबै सिसाहरु बन्द गरिएका कारण गाडीभित्र अक्सिजनको आपूर्ति रोकिएर श्वास फेर्ननसक्दा चालकको मृत्यु भएको हुनसक्ने जनाएको छ ।