Sunday, May 17News That Matters

उदयपुर – काेराेना खबर अपडेट | २५ जेठ २०७८ : खबर विस्तृत

१.

उदयपुरमा आज ६२ जना कोरोना संक्रमित थपिएका छन् । २४६ जनाको परिक्षण गर्दा २३ महिला र ३९ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु त्रियुगाको ३४, कटारीको १७, बेलकाको ११ जना रहेका छन् । योसंगै उदयपुरमा सक्रिय संक्रमितको संख्या १ हजार १४४ रहेको छ । संक्रमितहरु मध्ये १ हजार ९१ जनाको होम आइसोलेशनमा र ५३ जनाको संस्थागत आइसोलेशना उपचार भइरहेको छ ।

उदयपुरमा आज २९ जनाले कोरोनालाई पराजित गरी निको भएका छन् । निको हुनेमा त्रियुगाको ९, रौतामाईको १९ र उदयपुरगढीको १ जना हुन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या ३९२ पुगेको छ ।

जिल्लामा मृत्यु हुनेको संख्या आज थपिएन । उदयपुरमा १५ महिला र ३१ पुरुष गरी ४६ जनाको मृत्यु भइसकेको छ । २८ वर्षिय महिलादेखि ९० वर्षका पुरुषसम्मको मृत्यु भएको छ ।

मृत्यु हुनेको ठूलो संख्यामा त्रियुगामा छ । त्रियुगामा २४, चौदण्डीगढीमा ९, कटारी र बेलकामा ४÷४ रहेका छन् । त्यस्तै उदयपुरगढीमा ३, रौतामाई १ र लिम्चुङबुङ १ जना हो । ताप्ली गाउँपालिकाम मृत्यु छैन ।

उदयपुरमा आजबाट ६२ देखि ६४ वर्ष उमेर समुहका बृद्धबृद्धाहरुलाई पहिलोचरणको खोप लगाउन सुरु भएको छ ।

स्वास्थ्य कार्यालय उदयपुरका सुचना अधिकारी एवम् खोप सुपरभाइजर चिरन्जीवि निरौलाका अनुसार पहिलो चरणको कोभिड १९ विरुद्धको चाइनिज भ्याक्सिन भेरोसिल जिल्लाको आठै पालिकामा २५ देखि ३० गतेसम्ममा लगाइन्छ ।

पालिकाहरुमा नै केन्द्र र समय तोकी खोप लगाउने कार्यक्रम रहेको छ । उदयपुरगढी गाउँपालिका, नगरअस्पताल बेल्टार, नगर अस्पताल रामपुरमा आज सुरु भइ भोली सकिनेछ । कटारी अस्पतालमा जेठ २६ र २७ गते, ताप्ली गाउँपालिकामा २७ र २८ गते, रौतामाई गाउँपालिका र लिम्चुङबुङ गाउँपालिकामा २८ र २९ गते तोकिएको छ । जिल्ला स्पताल उदयपुरमा भने २७, २८, २९ र ३० गते लगाइनेछ । खोप लिन जाँदा नागरिकता वा अनिवार्य उमेर खुल्ने कागजात लिएर जानुपर्ने जनाइएको छ ।

अव देशको कोरोना अपडेट

नेपालमा आज ६ हजार ५७० जना कोरोना संक्रमित निको भएका छन् । योसंगै नेपालमा निको हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ

नेपालमा आज ५ हजार १५३ जना संक्रमित थपिएका छन् । योसंगै संंक्रमितको कुल संख्या ५ लाख ९५ हजार ३६४ भएको छ । आज १०८ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा मृत्यु हुनेको कुलसंख्या ८ हजार ९८ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ८२ हजार ६३६ रहेको छ । आज पनि संक्रमित भन्दा निको हुनेको संख्या बढी छ । सक्रिय संक्रमितको संख्या निरन्तर घटिरहेको छ ।

अव विश्व कोरोना अपडेटको पालो

विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ४३ लाख ८४ हजार १४० पुगेको छ । निको हुनेको संख्या १५ करोड ७६ लाख ५२ हजार ५५१ पुगेको छ । मृत्यु हुनेको संख्या ३७ लाख ५२ हजार ३०५ पुगेको छ । विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड २९ लाख, ७९ हजार २८४ रहेको छ । विश्वको सक्रिय संक्रमितको संख्या पनि क्रमश घट्दो रहेको छ ।

अव, थप खबरहरु

जिल्ला प्रहरी कार्यालय उदयपुरले आज निशेधाज्ञ पालना नगर्ने ५१ वटा सवारी साधनलाई कारवाही गरेको छ । सर्बसाधारणलाई जनचेतना फैलाउने र सम्झाइ बुझाइ गर्ने कार्य पनि निरन्तर रहेको जनाइएको छ ।

केयर नेपाल, सामथ्र्य परियोजनामार्फत राष्टिय कृषक समुह महासंघले बेलका नगरपालिकामा अक्सिजन प्लान्ट निर्माणका लागि १० लाख रुपैया प्रदान गरेको छ । त्यसैगरी न्यादरल्याण्ड ल्याप्रोसी रिलिफ संस्थाले बेलकामा अक्सिजन प्लान्ट निर्माणको लागि १ लाख ५० हजार प्रदान गरेकोछ ।

बेलाका २ का युवा शेखर निरौलाले आप्mनो जन्मदिनको अवसरमा अक्शिजन प्लान्टका लागि ३ हजार ३३३ रुपैया प्रदान गरेका छन् । त्यस्तै राष्टसेवक एवम् प्राविधिक इन्जिनियर रमेश ढुंगाना र उहाँक धर्मपत्नी सविता पोखरेलले ५ हजार १५५ रुपैया प्रदान गरेका छन् । बेलका ९ का सुशिल लामिछानेले २ हजार २२२ रुपैया सहयोग दिएका छन् । बेलका ४ सिसुवाकी करुणा खत्री कोइरालाले २ हजार ५ रुपैया प्रदान गरेकी छिन् ।

लिम्चुङबुङ गाउँपालिकाले कोरोना संक्रमण एक महिनाभित्र चेनब्रेक गर्ने लिएको लक्ष पुरा हुने देखिएको छ । अवको एकहप्तामा संक्रमण सुन्यमा झार्ने सम्भावना देखिएको पालिकाको स्वास्थ्य शाखाका निमित्त इन्चार्ज कर्णशेर राईले जनाउनु भएको छ । हिजो १९ जनामा परिक्षण गर्दा सबैमा नेगेटिभ आएको उनले जनाएका छन् । गाउँमा कोही कसैलाई लक्षण देखिए परिक्षणमा पठाइहाल्न पालिकाले अनुरोध गरेको छ । पालिकामा १०० जना संक्रमितमा ४० जना निको भइसकेको र १ जनाको मृत्यु भएको पालिकाले जनाएको छ ।

१०

लिम्चुङबुङ गाउँपालिकाकी उपाध्यक्ष रमिला राइले पालिकाको कोरोना विरुद्धको लडाइमा साथ दिने सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । उहाँले लिम्चुङबुङ सरोकार प्रवासी मन्च लगायत सहयोगी ब्यक्ती तथा संस्थाहरुलाई धन्यावद ज्ञापन गर्नु भएको हो । वहाँले आप्mनो फेसबुक स्टाटसमार्फत कोरोना महामारीको बेला स्वास्थ्य सामग्री तथा खाद्यन्न सहयोग गरेर महान् मानवीय कार्य भएको बताउनु भएको छ ।

११

कटारी नगरपालिकामा हालसम्म ४४० जनाको कोरोना परिक्षण भएको छ । जसमा १६० जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित मध्ये ४ जनाको मृत्यु र ५० जना निको भएको पालिकाका स्वास्थ्य इन्चार्ज सुरेश दाहालले जानकारी दिनुभएको छ । दाहालका अनुसार हाल १३४ जना सक्रिय संक्रमित रहेका छन् । ‘

१२

त्रियुगा नगरपालिका १६ नं. वडामा आज २६ जनाको कोरोना परिक्षण गरिदा १३ जनामा पोजेटिभ देखिएको छ । २३ जनाको पुन परिक्षण गरिएको हो भने ३ जना नयाँ परिक्षण हो । पुन परिक्षणमध्येबाट ११ जनाको फेरी पोजेटिभ आएको हो भने नयाँ मध्येबाट २ जना पोजेटिभ आएको हो ।

योसंगै सो वडामा १०९ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना मुक्त हुने आज १३ सहित २७ जना पुगेको छ ।

१३

त्रियुगा नगरपालिका वडा नं १३ ले संक्रमित परिवारलाई स्वास्थ्य सामग्री तथा फलफुल वितरण गरेको छ ।

वडाको २५ परिवारलाई स्वास्थ्य सामाग्री, औषधी तथा फलफुल प्रदान गरेको हो ।

वडाअध्यक्ष पशुपती चौधरीसहित स्वास्थ्यकर्मीहरुको टोलीले संक्रमितको घरघरमै पुगेर फलफुल, औषधी र स्वास्थ्य सामाग्री प्रदान गरेको छ । टोलीले सामाग्री सँगै स्वास्थ्य परामर्श सेवा पनि गराएको छ ।