Friday, June 5News That Matters

बिराटनगरस्थित नोवेल अस्पतालमा वडा अध्यक्ष यादवको मृत्यु

पूर्णपुष्टि, चैत १८ ।
बिराटनगरस्थित नोवेल अस्पतालमा सिरहाको गोलबजार नगरपालिका–११ बलकावाका वडा अध्यक्ष रामदेव यादवको निधन भएको छ । मुटुरोगबाट पीडित यादवको शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको उपचारमा खटिएको चिकित्सकले जनाएको छ ।
गत माघमा काठमाडौंबाट उपचार गरेर आएका वडा अध्यक्ष यादव दुई दिनअघि गाउँकै बजारमा बेहोस भएका थिए । उनलाई थप उपचारको लागि धरान पु¥याइएको गोलबजार नगरपालिकाका कार्यपालिका सदस्य गंगा कुमारीले जानकारी दिए ।
उनको तीन छोरी र श्रीमती छन् । उनी नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी भएका थिए ।