Wednesday, June 10News That Matters

बिवादका बावजुत कोशीका मुख्यमन्त्री थापाले लिए विश्वासको मत

पूर्णपुष्टि, ४ भदौ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट पाएको भनिएको विश्वासको मत विवादमा तानिएको छ। विपक्षी दल एमालेले विश्वासको मत लिने क्रममा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै त्यसलाई अस्वीकार गर्ने बताएका छन् ।

बैठकको सभाध्यक्ष गरेका इस्राइल मन्सुरीले भोटिङका क्रममा सांसद गीता तिम्सिनालाई बोलाएपछि संसदमा हंगामा सुरु भएको थियो ।

उनले गीतालाई सभाध्यक्ष गर्न दिएपछि सोही क्रममा थापाको पक्षमा भोट त हाले तर विपक्षी दलका सांसदले चर्को नाराबाजी गरे । नाराबाजीका बीच फेरि सभाध्यक्ष गरेर मन्सुरीले थापाले प्रदेशसभाको विश्वासको मत पाएको घोषणा गरे ।

थापाको क्षमा ४७ मत प्राप्त भयो भने विपक्षमा ३० मत पर्यो । अन्य सांसद भने प्रदेशसभामा विश्वासको मत फेल गराउने लक्ष्यका साथ अनुपस्थित भएका थिए ।