Thursday, April 23News That Matters

बिषनपुर र त्रिवेणीको बिचमा थुपारिएको फोहोर बैशाख सम्म हटाउने सहमती

पूर्णपुष्टि, ७ असार ।
त्रियुगा नगरपालिकाले १२ नं वडा स्थित बिसनपुर र त्रिवेणी असपास थुपार्दै आएको फोहोर अन्यत्र सार्न स्थानीयले माग गरेको छ । अव्यवस्थित रुपमा थुपारिएको फोहोरले त्यस आसपास बसोवास गर्ने स्थानीयहरुलाई दुर्गन्धित पारेको भन्दै त्यस ठाउँबाट अन्यत्र सार्न स्थानीयहरुले माग गरेको छ ।

नगरपालिकाभरीका फोहोरहरु एउटा टोलमा ल्याएर थुपार्दै त्यहाँको जनताहरुलाई असर पार्ने काम नगरले गरेको भन्दै स्थानीयहरुले फोहोर हटाउन बिरोध गर्दै आएका थिए । शुक्रबार त्रियुगा नगरपालिका र स्थानीयहरुबीच भएको छलफलमा फोहोरलाई व्यवस्थित गर्ने र गराउने निर्णय भएको छ । स्थानीयहरुले बिभिन्न १३ बुदामा फोहोर व्यवस्थापनको लागि माग राखेको छ । उनिहरुले यस ठाउँबाट फोहोर हटाउन पहिलो माग राखेको छ ।

यस मागहरुको सुनुवाई गर्दै नगरपालिकाले आउँदो बैशाख सम्ममा फोहोर अन्यत्र सार्ने जनाएको छ । त्यस समय सम्म स्थानीयहरुले माग गरेका अनुसार फोहोरको व्यवस्थापनका लागि घेराबेरा, प्लास्टीक र कुहिने वस्तुलाई खाल्डो खनेर पुर्ने, दुर्गन्धित हटाउन दवाई छर्किने, त्यस आसपासको वासिन्दाहरुको स्वास्थ्य परिक्षण, स्वास्थ्य बिमा, अनिवार्य रुपमा दुई जना नगर प्रहरीको व्यवस्थापन र कुकुर व्यवस्थापन लगायतको मागमा नगरपालिकाले सहमती जनाएको छ । उक्त कामको लागि नगरपालिकाले निर्णय गरी काम अघि सार्ने जनाएको छ । स्थानीयहरुले पनि त्यस ठाउँमा बैशाख सम्म फोहोर फाल्न अबरोध नगर्ने जनाएको छ । उक्त फोहोरले त्रियुगाको १२, २ र ३ लाई प्रत्यक्ष असर पारेको छ ।