
पूर्णपुष्टि, ११ मंसिर ।
कतिपय ब्यवसायहरु नाफामुखी नभई सेवामुखी हुन आवश्यक छ । आफ्नो सँगै अरुको पनि होस भन्ने चाहानाले व्यवसाय संञ्चालन भएमा त्यो नाफामुखी, सेवामुखी र समाजमुखी सबै हुनेछ । यसै सन्दर्भलाई आत्मासम्मान गर्दै गाईघाटका एक डेन्टलले खेलाडीहरुलाई २५ प्रतिशत छुटमा खेडालडीहरुको दन्त उपचार गर्ने प्रतिबद्धता जनाएको छ ।

गाईघाट बोक्से जाने बाटो त्रियुगा चस्मा घर नजिक रहेको बिषहारा डेन्टल क्लिनकका संञ्चालक डा. नारायण चौधरीले उदयपुर मलिथम फुटवल क्लवका खेलाडीहरुलाई उक्त सेवामुखी सहयोग गर्ने घोषणा गरेका हुन् । गाईघाटकै सबैभन्दा बढी प्राविधिक सेवा र जनशक्ति भएको उक्त क्लिनिकमा एमडिएस तहको डाक्टरहरु रहेका छन् । डा. चौधरी नेपाल सरकारको स्कलरसिपमा अध्यान सकेर उक्त क्लिनक संञ्चालनमा ल्याएको छ । चौधरी जिल्ला उदयपुर हस्पिटलमा समेत सेवारत छन् । उनि आरसीटी स्पेशालीटी हुन् । चौधरीले अन्य क्षेत्रमा पनि सहयोग पुराएको छ ।

उनले बिभिन्न विद्यालयहरुमा निशुल्क दन्त सिविरहरु पनि संञ्चालन गर्दै आएको छ भने भुकम्प पिडितलाई पनि आर्थिक सहयोग गरेका छन् । यो सँगै राष्ट्रका गहनाको रुपमा रहेका खेलाडीहरुलाई पनि चौधरीले उपचार गर्ने भएको हो । लक्ष्मिपुर पतारी गाउपालिका महेशपुर पतारी सिरहा द्वारा संचालित प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिताको सेमि फाइनल खेलमा सहभागी भएका मलिथम फुटबल क्लबका खेलाडीहरुलाई बिषेश प्राथामिकता दिईएको छ । डेन्टलले उक्त खेलाडीहरुलाई खाजाको समेत ब्यवस्था गरेका थिए । मलिथम बाहेक अन्य खेलाडीहरुलाई पनि उपचारमा सहभागी गराईने छ ।
