
पूणर्पुष्टि, फागुन ७ । बिषहारा मल्टी स्पेसीयालिटी डेन्टल क्लिनीक गाईघाटले क्रिमशन एकाडेमी बगाहा सालघारीका बालवालिकाहरुलाई निशुल्क दन्त सिवीरमा सहयोग गरेको छ । आईतबार १२ औँ पारेन्टस डे (अबिभावक दिवस) को अवसरमा विद्यालय परिसरमै वालवालिकाहरुलाई दन्त परिक्षण सेवा संञ्चालन गरिएको हो । क्लिनिकका चिकित्सक डा. नारायण चौधरीका अनुसार २ सय बढी बालवालिकाहरुको दन्त परिक्षण गरिएको छ ।

उनिहरुमा दाँत सम्बन्धी अधिकांस समस्या देखा परेको चौधरीको भनाई छ । आज परिक्षण गरिएको वालवालिकाहरुलाई क्लिनिकले कार्ड समेत उपब्ध गराएको छ । यदि दातको तत्काल उपचार गर्न चाहेको अवस्थामा बिषहारा डेन्टलमा कार्ड लिएर आए क्लिनिकले १५ प्रतिश छुट गरी उपचारमा समेत सहयोग पुराउने चौधरीले जनाए । सिवीरमा डेन्टलका चिकित्सकहरु घोपा क्याम्प धरानका MDS डा. नारायण चौधरी, घोपाकै BDS डा. अम्विका चौधरी र जिल्ला अस्पताल उदयपुरमा कार्यरत डेन्टल सर्जक दिपक शर्मा खटिएका थिए । अबिभावक दिवसको अवसर पारी विद्यालयले निशुल्क स्वास्थय सिविर पनि संञ्चालन गरेका थिए । कार्यक्रममा खेलकुद, र सांस्कृतिक कार्यक्रम समेत गरी भव्य रुपमा दिवस सम्पन्न गरिएको हो ।

