Monday, April 20News That Matters

(बि डिभिजन) मा बढुवा भएका उदयपुरका दुई खेलाडी सहितका खेलाडीहरुलाई उर्लावारीमा सम्मान

पूर्णपुष्टि, असोज
सी डिभिजन लिग च्याम्पेन भई बी डिभिजनामा प्रवेश गरेका खेलाडीहरुलाई चर्ज ब्वाईज युनाइृटेड क्लवले सम्मान गरेको छ । एन्फा कम्प्लेक्समा भएको सी डिभिजन लिगबाट बि डिभिजनको शिर्स स्थानमा पुगेको खेलाडीहरुलाई क्लवले सम्मान गरेको हो ।
खेलाडीहरुलाई उर्लाबारी–५ स्थित क्लबको कार्यालयमा एक कार्यक्रम गरी सम्मान गरिएको हो । लिग खेल्ले टिममा उदयपुर बाट २ जना छन् । फ्युजन क्लव बोक्सेका क्याप्टेन सुदीप श्रेष्ठ र गाईघाट फुटवल क्लवको खेलाडी दिवस श्रेष्ठ छन् ।

सी डिभिजन लिग खेल्ने उदयपुरबाट २ खेलाडी सुदीप श्रेष्ठ र दिवस श्रेष्ठ

उनिहरु दुवै जना सी डिभिजन लिगको खेलमा सहभागी थिए । मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दिपेन्द्र धिमाल र क्लबका अध्यक्ष रुवेन राईले खेलाडीहरुलाई सम्मान गरे । असल खेल कौशल प्रदर्शन गरी लिग च्याम्पियन भएकोमा खेलाडी र क्लबलाई बधाई दिँदै अध्यक्ष धिमालले क्लब र खेलाडीको अझ प्रगतिको शुभकामना दिए । चर्च व्वाइज क्लबलाई आफूले नजिकबाट जाने बुझेकोले आफूले सक्ने सहयोग गर्न तत्पर रहेको उनले बताए ।
क्लबका अध्यक्ष राईले खेलाडी, अफिसियल, पदाधिकारीको अथक प्रयासका कारण यो उपलब्धि हासिल गरेको बताउँदै यसलाई टिकाउँदै अझ सफलताको शिखर चुम्न क्लबले कुनै कसर बाँकी नराख्ने जनाए । वी डिभिजनमा बढुवा भएसँगै स्पोन्सर पनि प्राप्त भएको बताउँदै उनले झापा झिलझिलेको कन्काई स्पोर्ट हाउससँग जर्सीलगायत स्टेशनरी सामग्रीका लागि एक वर्षको सम्झौता भएको जानकारी दिए ।