Monday, April 20News That Matters

बुद्ध एयरको जहाजभित्र झगडा गर्ने दुई यात्रु प्रहरी नियन्त्रणमा

पूर्णपुष्टि,चैत्र २३ । नेपालकै ठूलो निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरको जहाजभित्र बुधवार साँझ
झगडा गर्ने दुई यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झगडा गर्ने दुर्गालाल श्रेष्ठ र विमलबाबु श्रेष्ठलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रहरीलाई बुझाएको हो ।

सँगैको सिटमा बसेका उनीहरूले जहाजमा झगडा गरेपछि प्राधिकरणले नियन्त्रणमा लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयलाई बुझाएको थियो । ‘उनीहरू चिनजानकै व्यक्तिहरू हुन् । सामान्य झगडामा त आफैं मिलाउने पनि काम गरिन्थ्यो ।

ती दुबै जनामाथि थप अनुसन्धानको लागि प्रहरी वृत्त गौशालामा पठाएको कार्यालयका एसएसपी आचार्यले जानकारी दिए । नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगननाथ निरौलाले उनीहरूलाई गैरसैनिक हवाई ऐन, २०१५ अनुसार कारबाही गर्न प्रहरीलाई बुधबार नै बुझाएको बताए ।

यति बेला हाजमा झगडा भएको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएको छ।