
पूर्णपुष्टि,चैत्र २३ । नेपालमा पल्लिो २४ घण्टामा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३५८ पुगेको तत्याङकमा उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार ४०२ नमूना परीक्षण गरिएकामा २७२ पीसीआर परीक्षणमा ६३ जना र १ हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा २२ जना गरी ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि बुधबार मात्रै ९८ जनामा कोरोना संक्रमण देखिएको थियो ।
