
पूर्णपुष्टि, चैत्र २३ । धराने जनताहरुलाई खानेपानी सहजताका लागि मेयर हर्क साम्पाङ दिन रातनै लागि परिरहेको छ । धरानका करिब ७ ओटा भन्दा बढी स्थानीय खोला बाट आयोजना पुरा गरी सामान्य खानेपानी नागरिकहरुलाई बाँडीसको पनि छ । त्यसै अभियान अन्तरगत अर्को खोला कोकाहा खोलाबाट पनि पानी तान्ने काम भैरहेको छ । हाल कोकाहा खानेपानी सहयोग अभियानका लागि धरानमा च्यारिटी कन्सर्ट नै हुन गैरको छ ।
धरानमा मेयर हर्क साम्पाङले खानेपानीको लागि श्रमदान बाटै सानो तिनो योजनाहरु पुरा गरि पनि सकेको छ । तर यो दिर्घ कालिनको लागि भने सामाधन नहुने मेयर साम्पाङ आफै बताउँछन् । धराने जनताको दिगो खानेपानी विकासका लागि कोशी बाट पानी ल्याउनु पर्ने मेयर साम्पाङले बाराम्वार बताउँदै आएको छ । उनि त्यस्कै लागि काठमाण्डौँ पुगेर प्रधान्मत्री र बिभिन्न बिभागिय मन्त्रीहरु सँग पनि भेटघाट गरेको छ । धरानको समस्याको पत्र मन्त्रीहरुलाई ठम्याउँदै दिगो खानेपानीमा धरानका स्थानीय सरकारलाई सहयोग गर्न उनले अनुरोध समेत गरेको छ । उनले राष्ट्रिय योजनाका उपाध्यक्षलाई समेत भेटे । कोकाहा खानेपानी सहयोग अभियानका लागि धरानमा यहि २५ गते बृहत कन्सर्ट हुने आयोजकले जनाएको छ । उक्त अभियानमा सहयोग गर्न देश विदेश सबैबाट सहयोग गर्न सकिने गरी खल्ती एप मार्फत टिकट काट्न सकिने जनाईएको छ ।
कोकाहा खानेपानी आयोजना सहयोग अभियानको लागि जुनसुकै स्थानमा रहेकर खल्ती एप मार्फत समेतबाट टिकट काट्न तथा डोनेशन गर्न सकिने जनाईएको छ । पब्लिक हाइस्कुलको मैदान, धरान (१२ चतरालाईन स्थित उक्त कार्यक्रम गरिने छ । कन्सर्टका लागि कलाकारहरुदीप श्रेष्ठ , राजेश पायल राई , दिपक लिम्बु , प्रविशा अधिकारी ,एकदेव लिम्बु , डिल्ली फोम्बो एंड द ब्याण्ड , द वाकिंग क्लाउड ब्याण्ड , एपी शेर्पा ,रोहित मास्के लगायतका राष्ट्रिय कलकारहरु आउने छ । सहयोगार्थ टिकट रु 1000 /रु 500 टिकट दर अग्रिम बुकिङ्ग रु 200 गेट टिकट रु 300 रहेको छ । कार्यक्रमबाट आएको सम्पूर्ण रकम कोकाहा खानेपानी आयोजनामा धरान देखि कोकाहा खोला सम्मको करिब २७ किलोमिटरको दुरीको लागि चाहिने पाइप किन्नमा खर्च गरिनेछ जनाईएको छ । प्रत्यक्ष सहयोग गर्न नसकेका इच्छुकहरुले खल्ती एप बाटै पनि टिकट सुरक्षा गरी अभियानलाई सहयोग गर्न सकिने भन्दै उक्त सुविधा प्रयोग गरिएको हो । साथै डोनेसनका लागि एउटा पाईको रकम ७१२१ अथवा सो भन्दा बढी इच्छा अनुसार सहयोग गर्न सकिने छ ।
