Monday, April 20News That Matters

आज विश्व स्वास्थ्य दिवस मनाइँदै

पूर्णपुष्टि,चैत्र २४ । विश्व स्वास्थ्य दिवस हरेक वर्ष अप्रिल ७ मा मनाइने विश्व स्वास्थ्य दिवस यस वर्ष नेपालमा “सबैका लागि स्वास्थ्य” भन्ने नाराका साथ मनाइँदैछ । स्वास्थ्य प्रवद्र्धन गर्न, विश्वलाई सुरक्षित राख्न र जोखिममा परेकाहरूलाई स्वास्थ्य सेवा प्रदान गरी सबैका लागि गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाका विषयमा ध्यानाकर्षण गर्ने मुख्य उद्देश्यसहित यो दिवस मनाउने गरिन्छ ।

सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको स्थापना भएको पाँच वर्षपछि सन् १९५३ मा नेपाल सदस्य राष्ट्र बनेको थियो । जनस्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका सफलताहरूको स्मरण गर्नुको साथै वर्तमान र भविष्यका स्वास्थ्य चुनौतीहरूको सम्बोधन गर्न स्वास्थ्य प्रणालीलाई अभैm सुदृढ बनाउने अवसरको रुपमा पनि यस दिवसलाई लिइएको छ ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक प्रत्याभुत गरेको छ। सबै नागरिकमा स्वच्छ खानेपानी तथा सरसफाई, खाद्य सुरक्षा, स्वच्छ र स्वस्थ वातावरण सुनिश्चित गर्दै सर्वसुलभ स्वास्थ्य सेवामा सबैको समान पहुँच पु¥याउन नेपालले निरन्तर काम गर्दै आइरहेको छ ।

नेपालले स्वास्थ्यका क्षेत्रमा तय गरेका लक्ष्यहासिल गर्न र अन्तर्राष्ट्रिय मञ्चमा स्वास्थ्यसम्बन्धी गरेका प्रतिबद्धता पुरा गर्न स्वास्थ्यका नीति, कार्यक्रम र सेवालाई व्यापक बनाउँदै लगिएको छ । राष्ट्रिय स्वास्थ्य नीति,जनस्वास्थ्य सेवा ऐन तथा नियमावली, कार्यक्रम र कार्य योजनाको विकास र कार्यान्वयनलाई जोड दिंदै आएको छ । विगत केही दशकदेखि स्वास्थ्य क्षेत्रमा नेपालले उल्लेख्य प्रगति हासिल गर्दै आइरहेको छ।