
पूर्णपुष्टि,चैत्र २४ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–३ को रन्मा गाउँ स्थित चिकायाँबाँमा खरायोलाई सिस्नु र हरियो घाँस टिप्न हिडेकी दुई दिदीबहिनीको मृत्त फेला परेको छ । स्थानी तारामान बुढा र ग्वारी बुढा दम्पतीका दुई छोरी रीना र कालीमाया बुढा मृत अवस्थामा फेला परेको हो ।
मृतक बालिकाहरूको कानमा लगाइएको सुनको गहना फुकालिएको अवस्थामा भेटिएको वडाध्यक्ष बमबहादुर बुढा ‘विजय’ले बताए। उनका अनुसार घाँस टिप्ने ठाउँबाट करिब १ किलोमिटरको दूरीतर्फ घिसार्दै लगेर हत्या गरिएको आशंका गर्न सकिने बताइएको छ।
पारिवारिक स्रोतका अनुसार मृतक बालिका रिना ११ र कालिमाया ९ वर्ष रहेको बताएको छ । रीना साइँली हुन् भने कालीमाया कान्छी सन्तान हुन् । स्थानीयका अनुसार घ्याउँ अर्जुँ भनिने ठाउँमा पत्ता लागेका शव करिब ५० मिटरको फरकमा भेटिएका हो । घटनास्थलको प्रकृति हेर्दा लुटेराबाटै हत्या भएको हुन सक्ने स्थानीयको ठम्याइ छ ।
घटना जानकारीमा आय लगत्तै जिल्ला प्रहरी कार्यालय रुकुमकोटबाट डीएसपी अञ्जना श्रेष्ठसहितको अनुसन्धान टोली घटनास्थलतर्फ पुगेको थियो ।
