
पूर्णपुष्टि,चैत्र २४ । आगामी बैशाख १० गते हुन लागिको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि (शुक्रवार) आज देखि आचारसंहिता लागु हुने भएको छ । आयोजका अनुसार आज देखि निर्वाचन सम्पन्न नभएको ठाउँपमा आचारसंहिता लागु हुने भएको हो ।
आचारसंहिता लागू भएपछि चुनावमा के गर्न पाइन्छ र के गर्न पाइन्न भन्ने विषय निक्र्योल हुन्छ । तर आचारसंहिता उल्लङघनमा देखिने गरी कारबाही नभएको भन्दै आलोचना समेत हुने गरेको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले उपननिर्वाचनमा आचारसंहीता उल्लंघन गर्ने कसैलाई आयोगले नछोड्ने दाबी गरेका छन् ।
