
पूर्णपुष्टि, चैत्र २४ । नेपाली सेनाले विभिन्न पदका लागी जागिर खुलाएको छ । नेपाली सेनाको भर्ना निर्देशनालयले प्रविधिक ÷ हवाई ÷ विविध सेवा तर्फ पदिक तथा विल्लादार पदहरुमा दरखास्त आह्वान गरेको हो । नेपाली सेनाले आज गोरखा पत्रमा सुचना निकाल्दै विभिन्न पदका लागी जागिर खुलाएको हो ।
खुला तथा समावेशी प्रतियोगिताबाट सेनाले डाक्टर, नर्स, कम्प्युटर, लेखा, पण्डित, प्लम्बर, भेटेरीनरी, भिडियो सम्पादनदेखी विभिन्न पदका लागि सेनाले १५५ जना माग गर्दै दरखास्त आह्वान गरेको हो । आज सुचना प्रकाशित मितिबाट आगामी बैशाख २३ गते सम्म नेपाली सेनाको केन्द्रीय भर्ना छनोट केन्द्र स्वयम्भुमा दरखास्त पेश गर्न सकिने सुचनामा उल्लेख छ । उचाईको हकमा भने पुरूष ५ फिट ३ इन्च र महिला ५ फिट हुनु पर्ने छ ।
