Thursday, May 21News That Matters

बुहारी माथि एसिड प्रहार गरेको आरोपमा ससुरा र जेठाजु पक्राउ

काठमाण्डौँ, चैत १२
महिलालाई एसिड प्रहार गरेको आरोपमा बारा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा महानगरपालिका–१३ श्रीपुर बस्ने ३२ पीडित महिलाको जेठाजु वर्षीय रामबाबु साह र ससुरा हवारी साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

उमेश साहकी २८ वर्षीया श्रीमती सीता पटेल आफ्नो माइतीघर कलैया उपमहानगरपालिका–२३ स्थित कोरिया टोल आउने क्रममा मोटरसाइकलमा आएका दुवैले उनलाई एसिड प्रहार गरेका थिए । (रासस)