
पूर्णपुष्टि,चैत १३
उदयपुरमा बृहत पोषणसम्बन्धि तीन दिने तालिम सम्पन्न भएको छ । वल्र्डभिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) उदयपुरको आयोजनामा भएको बृहत पोषणसम्बन्धि तिन दिने तालिम सम्पन्न भएको हो ।
परियोजनाको कार्यक्षेत्र अन्तर्गत रौतामाइ गाउँपालिका–१ बाहेका वडाहरु, त्रियुगा नगरपालिका–१५, उदयपुरगढि गाउँपालिका– १ र २, कटारी नगरपालिका–८ र ९ र ताप्ली गाउपालिका– १,२,३ र ५ नम्बर वडामा कार्यरत महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई बृहत पोषणसम्बन्धि तालिम दिइएको हुरेण्डेकले जनाएको छ ।
समुदायमा रहेका कुपोषित बालबालिकाहरुको पहिचान गरि समुदायस्तरबाटै सुपोषित बनाउने लक्ष रहेको छ । यस परियोजनाले स्वास्थ्य तथा जिविकोपार्जनसंग सम्बन्धित विभिन्न कार्यक्रमहरु सम्बन्धित गाउँपालिका र वडा संगको सहकार्यमा संञ्चालन गर्दै आइरहेको जनाईएको छ ।

कुपोषित बालबालिकाको परिवारलाई पोषण सम्बन्धि चेनता दिने, स्थानीय स्तरमा पाईने पोषिलो खाद्य्यसामग्रीहरुको प्रयोग, पकाउने र खुवाउने तरिका, सरसफाई बारे जानकारी र जिविकोपार्जनमा टेवा र्पुयाउने उद्देश्यले पशु पालन र तरकारी खेतीको लागी कृषी औजार सहयोग गर्दै आएको जनाएको छ ।

नेपालमा २७ प्रतिशत बालबालिकाको उमेर अनुसाको तौल नभएको एन्डीएचसको तथ्यांकले देखाएको छ । यस परियोजनाको कार्यक्षेत्रभित्र १२ प्रतिशत बालबालिकाको उमेर अनुसाको तौल कमरहेको परियोजना व्यवस्थापन विकल सुवेदिले बताउनुभएयो । गर्भअवस्थादेखि २ बर्ष सम्ममा स्वास्थ्य बच्चाको मानसिक विकास ८० प्रतिशतले हुने गर्दछ । सोही अवधी भर कुपोषित हुनबाट बचाउन हरेक महिना हजार दिनका आमाहरुको समुह गठन गरि छलफल गर्ने गरेको जनाईएको छ ।
