
पूर्णपुष्टि/उदयपुर, कार्तिक ६ ।
ठुला नदिमा मात्र बस्ने गोही उदयपुरको एक सिचाइ कुलोमा आज फेला परेको छ । बेलका नगरपालिका–३ दोङटोलको खेतमा सिंचित कुलोमा घडीयाल गोही फेला परेको हो । कोशीदेखि निकै टाडाको दुरीमा रहेको कुलोमा गोही स्थानीयले फेला पारेपछि कसरी आयो भन्ने कुरा चासोमा परेको छ । मुर्तीखोलाबाट निकालिएको कुलोमा गोही फेला परेको हो । गोही करिब पाँच फिट लामो रहेको छ । विहानै उद्धार गरिएको गोही १० वजेतिर नै कोशीमा छाडिएको जनाइएको छ । 
स्थानीयले देखेर इलाका प्रहरी रामपुर र सब डिभिजन वन कार्यालय मैनामैनीलाई खबर गरेको थियो । प्रहरीको विशेष सहयोगमा वन कर्मचारी र स्थानीयले गोहीको सुरक्षित उद्धार गरि सप्तकोशीमा लगेर छाडिएको वन अधिकृत जागेश्वर गुप्ताले जानकारी दिनुभयो ।
९ नम्बर वडाध्यक्ष भरत घिमिरेका अनुसार मुर्तीखेला गिदेरी खोलासंग जोडिन्छ र गिदेरी खोरा कोशीसंग जोडिन्छ । केही समय अघि कोशीमा बाढी आएको बेला सोही मार्ग हुदै गोही खेतको कुलोसम्म पुगेको हुनसक्ने अनुमान गरिएको छ । गतवर्षपनि सोही वडामा गोही फेला परेको थियो ।
