Wednesday, April 22News That Matters

बेलकामा प्रदेश स्तरीय किरात राई बिषयक हाजिरि जवाफ सम्पन्न

पूर्णपुष्टि, २० असार ।

बेलका नगरपालिकामा भएको प्रदेश स्तरीय किरात राई बिषयक हाजिरि जवाफ प्रतियोगितामा किरात राई चाम्लिङ् खाम्बात्तिम सुनसरी प्रथम बनेको छ । सनिवार किरात राई सांस्कृतिक कलाकार संघको १९ औं स्थापना दिवसको अवसरमा किरात राई सांस्कृतिक कलाकार संघ जिल्ला कार्य समिति उदयपुरले हाजिरि जवाफ प्रतियोगिता आयोजना गरेका थिए । त्यसैगरी प्रतियोगितामा किरात राई यायोक्खा बेलका नगर कार्य समिति दोस्रो र साल्पा सिलिचुङ केन्द्र अन्तराष्ट्रिय समिति तेस्रो बनेको छ । प्रतियोगिताका प्रथम हुने टिमलाई पोमि सिलिमी एक थान र एक जोर झ्याम्टा प्रदान गरिएको छ भने दोस्रो हुेने टिमलाई पोमि र सिलिमी एक थान र तेस्रोलाई झ्याम्टा एक जोर प्रदान गरिएको छ ।

किरात राई सांस्कृतिक कलाकार संघ केन्द्रीय कार्य समिति काठमाडौंको संयोजनमा किरात राई सांस्कृतिक कलाकार संघ तथा किरात राई यायोक्खा , बेलका नगर कार्य समितिको व्यवस्थापनमा १ नं। प्रदेश स्तरीय किरात राई बिषयक हाजिरी जवाफ प्रतियोगिता बेलका न.पा ८ को एलके खोजमा सम्पन्न भएका थिए ।

किरात राई सांस्कृतिक कलकार संघ उदयपुरका कार्यवाहक अध्यक्ष संरक्षण राईका अनुसार प्रतियोगितामा १४ टोली सहभागी थिए ।

उक्त प्रतियोगितामा किरात राई संग सम्बन्धित बिभिन्न संस्थाहरुले उपस्थिति जनाएका थिए । किरात राई सांस्कृतिक संघका पूर्व केन्द्रिय अ्रध्यक्ष राम कर राईको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।