
पूर्णपुष्टि, ५ जेष्ठ ।
लैँङुगिक समनतालाई थप प्रभावकारी बनाई लैङगीक बिभेदको रोकथाम गर्न संञ्चालन गरिएको दम्पतिसंगको सत्र कार्यक्रम बुधबार बेलका नगरपालिकामा सम्पन्न भएको छ । युएनएफपिए नेपालको सहयोग तथा भिएसओ र कोकोन नेपालको साझेदारीमा बेलका नगरपालिकाको ९ नं वडा धौरीमा दम्पति सत्र भव्य सम्पन्न भएको हो ।
बैशाख ३ गतेबाट संञ्चालन भएको उक्त कार्यक्रमले विवाहित दम्पतिबीच एक आपसमा विश्वास, एक अर्काप्रतिको सम्मान तथा समानता र परिवारमा मेलमिलापको वातावरण बनाउने उदेश्य राखेको कोकन नेपालका कर्मचारी उत्तिमलाल चौधरीले जनाए । चौधरीका अनुसार कार्यक्रममा १५ जोडिहरुले सहभागीता जनाएका थिए । शत्रमा सहभागि दम्पतिहरुको परिवारको सदस्यहरुसँग पारिवारिक संवाद सत्र र फ्लोअप प्रश्नहरु समेत संचालन चौधरीले जनाए । कार्यक्रमलाई प्रविन कुँवर र मन्जु खड्काले सहजीकरण गरेका थिए भने कार्यक्रमका समापन बेलाका नगर उपप्रमुख जिरा राईको उपस्थितिमा गरिएको थयो । कार्यक्रम लैङगिक विभेदमा आधारित हिंसा रोकथाम तथा
प्रतिकार्य परियोजना दोश्रो चरण अन्तर्गत संञ्चालन गरिएका थिए ।
