Sunday, May 17News That Matters

बैंकहरुमा अब्यवस्थित भिड, काेराेना सुरक्षा चुनाैति जटिल

पूर्णपुष्टि, जेठ २५ ।

उदयपुरकाे गाईघाटमा बैंकहरु संचालन भईरहदा काेराेना सुरक्षा चुनाैती देखिएकाे छ ।

बैंकिङ काराेवारमा अाउने सेवाग्राहीलाई सामाजिक दुरि कायम गराउन नसक्दा सुरक्षा चनाैति देखिएकाे हाे ।

गाईघाटमन २० वटाबढि बैकका शाखाहरु सञ्चालनमा छन् । बैंक अगाडि सर्वसाधारणकाे भिडभाड अब्यवस्थित देखिएका छन् ।

बैंकहरुलाई काेराेना सुरक्षा र सतर्कता अपनाउन सरकारकाे निर्देशन छ । सेवाग्राहिलाई लाईनमा व्यवस्थित बनाउन, साबुन पानिले हात धुने, सेनिटाईजर राख्न भनेकाे छ । तर, अहिलेकाे अबस्था हेर्दा बैंक र सर्वसनधारण दुबै पक्षले पालना गरेकाे देखिएकाे छैन । बैंकले हातधुने ठाउ र सेनिटाईजर राखिदिएपनि सेवाग्राहिले प्रयाेग गरेका छैनन् ।

लाईन व्यवस्थापनमा सुरक्षाकर्मि खटिए पनि ब्यवस्थित पार्न सकेका छैनन् ।

राष्टिय वाणिज्य बैंक, शाखा गाईघाटका प्रबन्धक शिव पाैडेलले बैंकभित्र प्रवेश गर्नुअघि अनिबार्य साबुन पानिले हात धुने व्यवस्था गरिएकाे छ । मास्क नलगाएकालाई प्रवेश दिईएकाे छैन तर, बाहिर लाईनकाे भिड व्यवस्थापन भने हुन नसकेकाे बताउनु भयाे । सर्बसाधारण अाफैले पनि बुझेर सामाजिक दुरि कायम गरि लाईन नबसदिदा समस्या भएकाे उहाले बथाउनुभयाे ।

शाखा प्रबन्धक पाैडेलका अनुसार अाजबाट सबै बैंकहरु दिउसाे एकबजेसम्म नियमित खुल्ने भएकाले भाेलिदेखि केहि भिडकाे चुनाैति कम हुनेे अपेक्षा छ ।

बैंकलाई बार ताेकेर सञ्चालन गर्दा भिड बढेपछि अाजबाट सबै बैंक नियमित सञ्चालन गराईएकाे त्रियुगा नगरपालिकाका मेयर बलदेव चाैधरिले बताउनुभयाे । बैंकहरु नियमित खुल्दा सर्बसाधारणलाई सहज हुने र भिड कमि हुने अपेक्षा रहेकाे मेयर चाैधरिले बतउनुभयाे ।

दुईदिनदेखि प्रशासनले विहान ११ बजेसम्म बजार पसल खुल्न दिएकाे छ । अाजबाट सबै बैंक नियमित खुलेकाे छ । यसले बजारमा सर्बसाधारणकाे भिडभाड बढ्दाे छ । भिडभाडमा सर्बसाधारणले स्वास्थ्य सुरक्षाका नियमहरु पालनामा कमि देखिएकाे अधिकारकर्मि महेश्वरि राईले बताउनुभयाे ।

जिल्लामा अाजै काेराेना संक्रमित थपिएकाे छ । ३३ जना रहेकाेमा ३ जना थपिएका हुन् । ३३ जना त्रियुगा नगरपालिकामा थिए भने, अाज बेलका नपामा २ र चाैदण्डिगढि नपामा १ जना पुष्टि भएका हुन् । जिल्लामा काेराेना संक्रमण चुनाैती बढिरहेकाे अबस्थामा बजारकाे याे अबस्थाले थप चुनाैति देखिएकाे छ ।