
पूर्णपुष्टि, जेठ २५ गते ।
दाङमा लागुऔषध खैरो हिरोईनसहित दुई जना पक्राउ परेका छन् । खैरो हिरोईन १४ ग्राम १० मिलिग्रामसहति बाँके कोहलपुरका श्रीबहादुर रावत र बाँके बैजनाथका सुरज शाही पक्राउ परेको हो ।
अमेलियाबाट तुल्सीपुर आउँदै गरेको भे २ प २७४ नम्बरको मोटरसाइल तुल्सीपुर उपमहानगरपालिका– १३ दमारगाउँमा रहेको अस्थायी प्रहरी चेकपोष्टले जाँच गर्दा मोटरसाइकलको सिटमुनी र उनीहरुले लगाएको भित्रि वस्त्रमा लुकाइ ल्याएको अवस्थामा खैरो हेरोइन बरामद गरेको इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङले जनाएको छ ।
लागुऔषध ओसारपसारमा प्रयोग भएका मोटरसाईकल सहति उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
