
पूर्णपुष्टि, जेठ २५ ।
अाजदेखि गाईघाटका सबैं बैंक नियमित खुल्ने भएकाे छ । दिउसाे १ बजेसम्मका लागि सबैं बैंक नियमित खुल्ने भएकाे हाे ।
बार ताेकेर बैंक खुल्दा अत्याधिक भिडभाड र सेवाग्राहिकाे कामकाे चाप थेग्न नसक्ने अबस्था देखिएपछि नियमित खुलाईएकाे त्रियुगा नगरपालिकाका मेयर बलदेव चाैधरिले बताउनुभयाे ।
गाईघाटमा २१ वटा बैंक तथा वित्तिय संस्थाका शाखा छन् । अाज प्राय: सबै बैंकमा भिड देखिएकाे छ । भाेलि पर्सिदेखि बैंकमा भिड कमि अाउनसक्ने राष्टिय वाणिज्य बैंक शाखा गाईघाटका प्रबन्धक शिब पाैडेलले बताउनुभयाे ।
