
पूर्णपुष्टि, जेठ २५ गते ।
आगामी आर्थिक वर्ष २०७७÷७८ मा कर्णाली प्रदेशको ३ जिल्लामा ५ सय २० मेगावाट जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गरिने भएको छ ।
नेपाल सरकारले आगामी आवमा जुम्ला, हुम्ला र डोल्पा जिल्लामा जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गर्नका लागि बजेट विनियोजन गरेको हो ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ घोडामौलामा १० मेगावाटको हिमा जलविद्युत् आयोजनाको सभ्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । आयोजना अध्ययनका लागि नेपाल सरकारले २९ लाख ५ हजार बजेट विनियोजन गरेको छ ।
त्यसैगरी हुम्लाको १० मेगावाटको दार्म नदी जनविद्युत् आयोजनाका लागि नेपाल सरकारले २ करोड ५ लाख ८ हजार रकम विनियोजन भएको छ ।
डोल्पाको ५ सय मेगावाट जलविद्युत् आयोजनाका लागि नेपाल सरकारले ५ करोड ५८ लाख ८६ हजार रकम विनियोजन गरेको छ ।
नेपाल सरकारले देशभर २३ जलविद्युत् आयोजना अध्ययन गर्नका लागि बजेट विनियोजन गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
