
पूर्णपुष्टि, जेठ २५ गते ।
विश्वका विभिन्न देशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । अहिलेसम्म विश्वभर कोरोना सैक्रमणबाट ४ लाख २ हजार भन्दा बढीको मृत्यु भएको वल्र्डओमिटरले जनाएको छ ।
अहिलसम्म विश्वका २ सय १३ देश र २ वटा अन्र्तराष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाईरसबाट ६९ लाख ८२ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । उक्त संक्रमित मध्ये ३४ लाख १३ हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।
अहिलेसम्म भारतमा २ लाख ४७ हजार भन्दा बढी मानिस कोरोना संक्रमित भईसकेका छन् । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ९ सय नाघेको छ ।
