Wednesday, October 14News That Matters

बैकिङ कसुरमा २० लाख जरिवाना तोकिएका एक महिला पक्राउ

पूर्णपुष्टि, मंसिर १०
बैकिङ कसुर मद्दामा २० लाख जरिवाना तोकिएका एक जना महिलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । तनहुँको भानु नगरपालिका–१३ स्थाइ घर भइ काठमाडौं महानगरपालिका–४ हाँडीगाउँ बस्दै आएकी ४५ वर्षीय शोभा गुरूङ बैकिङ कसुर मुदामा पक्राउ परेको हो । ब्यूरोले बिहीबार ललितपुरको कुपण्डोलबाट उनलाई पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७७ असार १ गतेको फैसलाले गुरूङलाई ४ दिन कैद र २० लाख रुपैयाँ जरिवाना सुनाएको थियो ।
पक्राउ परेका गुरुङले पीडितलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्याएर एनआइसी एसिया बैंकको चेक काटेर पीडितहरूलाई दिएकी थिइन् । उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको ब्यूरोले जनाएको छ ।