
पूर्णपुष्टि, असोज ३०
बैतडीका एक वडाध्यक्षको निधन भएको छ । सुर्नया गाउँपालिका–५ का ७० वर्षीय वडाध्यक्ष केशव मडैको हिजो साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
एक्कासी घरमा लडेपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनलाई लामो समयदेखि सुगर, प्रेसर र जन्डिसको बिरामी थियो । उनी तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएको थियो ।

