
पूर्णपुष्टि,चैत्र २८ । तपाई हाम्रो दाजुभाई जोकोहि पनि रोजगारीका लागि मलेसियामा पुगी रोजगारी नापएर समस्यामा पर्नुभएको छ भने आफ्नो समस्यलाई अनलाईमार्फत पेश गर्न सकिने व्यवसथा आएको छ । मलेसिया पुगेर लामो समयसम्म पनि रोजगारी नपाएर अलपत्र परेका नेपालीहरुको लागि दुतावासले अनलाइन फारम भरेर आफुलाई परेको समस्याबारे जानकारी गराउनुभयो भने दूतावासले सहयोग गर्ने बताएको छ ।
विशेष गरी मलेसिया पुगेको १५ दिन वा त्यो भन्दा बढी समय हुँदा पनि कम्पनीले रोजगारीमा लगाएको छैन भने फारम भरेर जानकारी गराउन दूतावासले भनेको छ । तपाईँहरूले टिपाएको समस्या समाधानमा प्रयास गर्ने दूतावासले जनाएको छ ।
