
भदौ १ गते ।
यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार बैरागी काइँलालाई दिने भएको छ भने मदन पुरस्कार रणहार उपन्यासका लागि योगेश राजलाई दिने निर्णय गरेको हो ।
मदन पुरस्कार गुठीकोे साधारणसभाले योगेशलाई मदन पुरस्कार दिने निर्णय गरेको थियो । काइँला तेस्रो आयाम साहित्यिक अभियानका प्रारम्भकर्ता मध्येका कवि हुन् ।
अघिल्लो वर्ष २ लाख रुपैया रहेको पुरस्कार गुठीले अहिले बढाएर ४/४ लाख रुपैयाँ बनाएको छ । पुरस्कार असोज १२ गते वितरण गरिनेछ । गुठीले यस अघि मदन पुरस्कारका लागि उत्कृष्ट ७ पुस्तकको नाम सार्वजनिक गरेको थियो ।

