
आज २०७६ भाद्र २ गते सोमबार, ने. सं. ११३९, १९ अगष्ट २०१९ । भाद्र कृष्णपक्षको चतुर्थी तिथि
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
मेष राशि हुनेहरुको लागि आजको समय राम्रो रहेको छ । धन आर्जन होल । अवरुद्ध रहेका कामकाजहरू बन्ने योग रहेको छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वैदेशिक क्षेत्रको काममा मन जाला । साथीभाइ र आफन्तको विशेष सहयोग मिल्ने योग रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अज अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । परिवारजनमा खुसियाली सँग जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशि हुनेहरुको लागि आज कृषि तथा पशुचौपायाको व्यापार–व्यवसायमा फाईदा होला । सानो कामबाट ठूलै उपलब्धि मिल्ने योग रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धन आर्जन हुने बाटोहरु खुल्ने छ । सुन–चाँदी तथा तत्जन्य कार्य व्यवसायमा रुचि बढ्नेछ । फलदायी यात्रा होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
महत्ववपूर्ण कामको शुभारम्भसँगै नाम र प्रतिष्ठा कमाउने योग रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशि हुनेहरुको लागि आज कार्य सम्पादनमा केही समस्या आउला । अरूको काममा बढी समय दिनुपर्ने योग रहेका छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनोरञ्जनात्मक कार्यक्रममा सहभागि हुने योग रहेको छ । समाजका गन्यमान्य व्यक्तिसित भेट होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिवारमा खुसियाली छाउला । वस्त्र तथा आभूषण प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विछोडिएका साथिभाईसँग भेटघाट होला । खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा सहभागि हुने योग रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ कार्य व्यावसायको सुरुवात होला । आजको समय उत्तमखालको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धन आर्जन होला । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला ।
