
भदौ २ गते ।
चितवन भरतपुरको वाणिज्य बैंकमा आगलागी भएको छ । भरतपुर चौवीसकोठीको बैँकमा सोमबार विहान आग्लागी भएको हो ।
भवनको पहिलो तलाबाट आगलागी सुरु भएको थियो । भरतपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा निकै समयपछि आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । आगलागीको कारण र त्यसबाट बैकमा भएको क्षतीको यकिन विवरण नखुलि सकेको प्रहरीले जनाएको छ ।
