
भदौ २ गते ।
आज नेपालले किर्गिस्तानसँग एभीसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप खैल्दै छ । ललितपुरका लगनखेलकोे आर्मी कभर्डहलमा सुरु हुने प्रतियोगितामा नेपालले पहिलो खेल किर्गिस्तानसँग खेल्ने भएको हो ।
नेपाल र किर्गिस्तानबीचको खेल दिउँसो चार बजेबाट सुरु हुने भएको छ । नेपालले पहिलो खेलमा नै जित हात पार्दै नेपाल सेमिफाइनलमा पुग्ने लक्ष्य लिएको छ ।
समूह ए मा रहेको नेपालसँगै किर्गिस्तान र माल्दिभ्स रहेका छन् । यता, समूह बीमा भने तुर्कमेनिस्तान, उब्जेकिस्तान, बंगलादेश र अफगानिस्तान रहेका छन् ।
बिहान १० बजे तुर्कमेनिस्तान र अफगानिस्तानबीचको खेल रहेको छ भने बेलुकी ६ बजे उब्जेकिस्तान र अफगानिस्तानबीच पनि खेल हुनेछ ।
