
पूर्णपुष्टि, फागुन २ ।
दुबै मृगौला फेल भएका उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका कृष्णबहादुर मगरलाई त्रियुगा मावि एसएलसि २०५१ ब्याजी ग्रुपले सोमबार आर्थिक सहयोग गरेको छ । ग्रुपले आर्थिक अबस्था अतिनाजुक रहेको बिरामी मगरलाई १० हजार ५१ रुपैयाँ नगद सहयोग प्रदान गरेको हो ।

ग्रुपको प्रतिनिधित्व गर्दै किसन राई, सागर नेपाल र राजकुमार शर्माले विरामी मगरका आफन्त रमेश भुजेललाई सहयोग रकम हस्तान्तरण गरे ।
मगरको दुबै मृगौला काम नलाग्ने भएपछि फेर्नु पर्ने भएको छ । उनलाई श्रीमतिले नै मृगौला दिने तयारी भएपछि त्यसको लागि मिल्ने नमिल्ने कुरा परिक्षण गर्न लागिएको जनाएको छ । उनको हाल काठमाडौमा उपचार चलिरहेको छ । 

