Monday, June 22News That Matters

बोरामा पुरुषको शव फेला

पूर्णपुष्टि, बैशाख २१

जनकपुरमा एक पुरुषको शव बोरामा फालिएको अवस्थामा फेला परेको छ । अन्दाजी ५५ वर्षीय पुरुषको शव मंगलबार फेला परेको प्रहरीले जनाएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीस्थित आँप बगैंचामा शव फेला परेको हो ।

बोरामा शव देखेपछि स्थानीयले खबर गर्दा पुगेको प्रहरी टोलीले शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए ।

उनका अनुसार मृतक पुरुषको घाँटीमा निलडाम देखिएको छ । ‘उनले आत्महत्या गरेका हुन् कि कसैले हत्या गरेको हो भन्ने विषयमा पोष्टमार्टको रिपोर्ट आएपछि खुल्छ,’ उनले भने ।