Monday, June 22News That Matters

१० दिन देखी चौदण्डीको एक युवा बेपत्ता

पूर्णपुष्टि, बैशाख २१

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं ७ का एक युवा १० दिन बाट बेपत्ता भएको छ । बेपत्ता युवालाई परिवार र प्रहरीले निकै दिन अघि देखि खोजतलास गरिरहेको तर फेला नपरेको परिवारले जनाएको छ । चौदण्डी ७ बिपि चोक निवासी  १७ बर्षिय प्रफुल राई आफन्तकै घरबाट अचानक हराएको परिवारले जनाएको छ ।

इलाका प्रहरी कार्यालयलाई समेत जानकारी गराई खोजतलासमा लागेको भएपनि उनलाई फेला पार्न नसकिएको बुबा प्रलाद राईले बताउनुभयो । ति युवा प्रलाद राई र आमा फुलमाया राई परिवारको एक्लो छोरा हुन् । काठमाण्डौँको एक विद्यालयमा कक्षा ११ मा अध्यानरत उनि केहि महिना यता बेल्टार आएको आफन्त पारश राईले बताउनुभयो । उनि सामान्य लागुऔषाध दुव्र्यसनमा पनि फसेको आफन्त राईले बताउनुभयो ।

खोजतलासको लागि परिवारजनल सबै समक्ष आग्रह गरेका छन् । कही कतै कसैले देखेको, भेटेको भए सम्पर्क नं. ९८१८४३०९९८ मा सम्पर्क गर्न या नजिकको प्रहरी चौकीमा खबर गरिदिन परिवारले अनुरोध गरेका छन् ।